उरुग्वेलाई यू-२० विश्वकपको उपाधि
काठमाडौँ - उरुग्वेले फिफा यू-२० पुरुष विश्वकप फुटबलको उपाधि जित्न सफल भएको छ ।
अर्जेन्टिनामा सोमबार बिहान भएको फाइनलमा इटालीलाई १-० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बन्न सफल भएको हो ।
उरुग्वेको लुसियानो रोड्रिगेजले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।
उरुग्वेले पहिलो पटक यू-२० विश्वकपको उपाधि जितेको हो । उरुग्वे यस अघि दुई पटक उपविजेता बनेको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ०७:४१
प्रतिक्रिया दिनुहोस्