नेभिगेशन
समाचार
प्रतिनिधिसभा बैठक

विनियोजन विधेयक प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत

काठमाडौँ– प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । 

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका हुन् ।

विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए ।

सभाको आजको बैठकमा अर्थमन्त्रीले  ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० विधेयक प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ३२ गते  दिनको ११ बजे बस्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार