Nic Ad Nic Ad
Nic Ad Nic Ad

विनियोजन विधेयकमा अर्थमन्त्रीको जवाफ– जनताको जीवनस्तर उकास्न तर्जुमा गरिएको हो

सोमबार, जेठ २९, २०८०

काठमाडौँ– प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नमा अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिएका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिँदै अर्थमन्त्रीले बजेट विनियोजन गर्दा जनताको जीवनस्तर उकास्न, जनतालाई समृद्धि प्रदान गर्न, रोजगारी सिर्जना गर्न तथा उद्योग व्यवस्थाको प्रवर्द्धनका विषयलाई दृष्टिगत राखेर बजेट तर्जुमा गरिएको बताए ।

उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार, शान्तिसुरक्षा र सुशासन प्रवर्द्धन गर्नेतर्फ उन्मुख गराउने हिसाबले बजेट विनियोजन गरेको बताए । 

उनले स्वास्थ्य बीमा, विभिन्न गहन प्रकृतिका रोगको उपचार र पछि परेको क्षेत्रका लागि बजेट सुस्पष्ट ढङ्गले विनियोजन गरेको स्पष्ट गरे । गरिबीको रेखामुनिका विपन्न नागरिकको तथ्याङ्क आएपछि थप बजेट विनियोजन गरिने स्पष्ट गर्दै उनले देश र जनताका लागि काम गर्ने भएकाले बजेटमा विभेद नगरेको स्पष्ट पारे ।

अर्थमन्त्री महतले भने, “विनियोजन विधेयक बजेटको उत्पादन बढाउने, आर्थिक वृद्धिमा आम नागरिकलाई जोड्ने सिद्धान्तसँग बजेट जोडिएको छ ।”

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्