Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानविरुद्ध नेपालको राम्रो बलिङ चलिरहँदा वर्षाले खेल राेकियाे

मंगलबार, जेठ ३०, २०८०

काठमाडाैं - इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपाली क्रिकेट महिला टोलीले पाकिस्तान ‘ए’विरुद्ध खेलिरहँदा वर्षा सुरु भएको भएको छ।

टस जितेर बलिङ रोजेको नेपालले १६औँ ओभरमा ७ विकेट लिँदा पाकिस्तानले ६५ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको छ।

हङकङमा जारी महिला इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेटमा पाकिस्तान ‘ए’ विरुद्ध नेपाललाई सातौँ सफलता मिलेको छ । नेपाललाई सातौँ सफलता इन्दु बर्माले दिलाइन् ।

उनले १४.१ ओभरमा उम्म–ए–हानीलाई १ रनमा क्याच आउट गराइन् । नेपाललाई छैटौँ सफलता रनआउटको रूपमा प्राप्त भयो । रन आउट हुने ब्याटरमा नजिहा अल्वी रहेकी छन् ।

उनी १३ ओभरको पहिलो बलमा ५ रनमा रन आउट भएकी हुन् । नेपाललाई पाँचौं सफलता दिलाउनेक्रममा सीताराना मगरले १२.२ ओभरमा ओपनर शवाल जुल्फिकारलाई २८ रनमा सम्झना खड्काबाट क्याच आउट गराइन् ।

सीताले नै १०.२ ओभरमा गुल फिरोजालाई ११ रनमा कप्तान रुबिना क्षेत्री बेल्बासेको हातबाट क्याच गराइन् । यो समाचार तयार पार्दासम्म पाकिस्तानले १५ ओभरमा महत्वपूर्ण ७ विकेट गुमाएर ६५ रन बनाएको छ ।

मोंग कोकस्थित मिशन रोड ग्राउन्डमा टस जितेर फिल्डिङ रोजेको नेपालले पावर प्ले (सुरुवाती ६ ओभर) मा ३३ रन दिएर महत्वपूर्ण ३ विकेट लियो ।

पावर प्लेमा नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा कविता जोशी र कविता कुँवरले विकेट लिए । नेपाललाई ब्रेकथ्रु दिलाएकी कुँवरले पहिलो ओभरको अन्तिम बलमा इमान फातिमालाई शून्यमै क्याच आउट गराइन् ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्