Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तान सडक दुर्घटना : १३ जनाको मृत्यु, ४१ घाइते

मंगलबार, जेठ ३०, २०८०

इस्लामाबाद– पाकिस्तानमा सोमबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य ४१ जना घाइते भएका छन् ।

पाकिस्तान नियन्त्रित काश्मिरको कोटली जिल्लामा सोमबार बिहान एउटा बस गहिरो खाल्डोमा खस्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको गुजरानवाला शहरमा नायरियन क्षेत्रमा आयोजित धार्मिक समारोहमा भाग लिएर फर्कंदै गरेको बसमा करिब ३५ जना यात्रु सवार रहेको बताइएको छ । 

यसैगरी, पञ्जाबको शेखुपुरा जिल्लामा सोमबार बिहान शेखुपुरा राजमार्गतर्फ मोडिने क्रममा तीव्र गतिका कारण बस पल्टिँदा चार जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएका छन् ।

उद्धारकर्ताहरू दुई दुर्घटना स्थलमा पुगेका छन् र पीडितहरूलाई स्थानीय अस्पतालहरूमा स्थानान्तरण गरिएको उद्धार सेवाले जनाएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्