राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौँ– मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएको छन् ।
स्रोतका अनुसार उनी आज बिहान बाँसबारीस्थित गंगालाल हस्पिटलमा भर्ना भएका हुन् ।
गत महिनामात्र राष्ट्रपति पौडेल हालैमात्र भारतमा उपचार गरेर फर्किएका थिए ।
राष्ट्रपति पौडेललाई हृदयघात भएकोबारे राष्ट्रपतिको कार्यालय, सचिवालय र अस्पतालले आधिकारिक सूचना भने दिएको छैन ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० १४:४६
प्रतिक्रिया दिनुहोस्