नेभिगेशन
खेलकुद

सावित्रा युइएफएमा आबद्ध क्लबमा अनुबन्धित

काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ युइएफमा आबद्ध इजरायली क्लबमा अनुबन्धित भएका छिन् ।

फरवार्ड सावित्रा इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएका हुन् ।

इजरायली क्लबलेआज सामाजिक संजालमार्फत सावित्रालाई अनुबन्ध गरिएको जनाएको छ ।

इजरायल भौगोलिक रुपमा एसियामा पर्छ । यद्यपि, इजरायली फुटबल युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएमा आबद्ध छ । यसर्थ हापोएल रानानालाई युरोपियन क्लब मान्दा हुन्छ । सावित्रा युरोपेली क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडीसमेत बनेकी छन् ।

सावित्राले हालै भारतको इन्डियन वुमन्स लिग खेलेकी थिइन् । त्यहाँ उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । 

सावित्रा आबद्द गोकुलम केरेलाले उपाधि नै जितेको थियो ।

सावित्राले प्रतियोगिता भर ३० गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी थिइन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद