नेभिगेशन
समाचार

१२ वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह, प्रधानमन्त्री दाङ पुग्ने

दाङ -  १२ वर्ष पछि नेपाल संस्कृत विश्वविद्यालयको दिक्षान्त समारोह हुदैँछ । 

विश्वविद्यालयले २०६८ सालयता १२ वर्षपछि पाँचाै दीक्षान्त समारोह आयोजना गर्न लागेको हाे । आज दाङमा हुने पाँचौँ दीक्षान्त समारोहमा विश्वविद्यालयका ५७५  जना विद्यार्थीहरू दीक्षित हुनेछन । 


जुन दिक्षान्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्ड आज दाङ जाँदैछन । 

संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा आयोजना हुने पाँचौँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नका लागि विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहाल आज दाङ जान लागेका हुन ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेका अनुसार २०६७ सालदेखि २०७६ सालसम्म शास्त्री, एक वर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह(विएएमएस), आचार्य र विद्यावारिधि उत्तीर्ण गरेका चार हजार सात सय ७३ जनामध्ये दीक्षितका लागि आवेदन दिएका पाँच सय ७५ जना विद्यार्थीहरू दीक्षान्त समारोहमा सहभागी हुनेछन ।


विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रसाद लामिछानेका अनुसार प्रधानमन्त्री दाहालले दिक्षित बिद्यार्थीहरुलाई प्रमाणपत्र तथा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार