नेभिगेशन
विश्व

सन् २०१८ यता चीनमा १ लाख ८० हजारभन्दा बढी विरुद्ध वित्तीय ठगीको आरोपमा मुद्दा

बेइजिङ– सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पुर्याएको आशङ्कामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।

यस अवधिमा एक लाख १० हजारभन्दा बढी मानिसलाई अवैध कोष सङ्कलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेटले मङ्गलबार उल्लेख गरेको छ ।

एसपिपीले वित्तीय जोखिम नियन्त्रणको प्रयासस्वरूप अभियोजन तीव्र बनाएको छ । प्रायः यस किसिमका मुद्दामा अवैध कोष सङ्कलन, मुद्रा जाली र गैरकानुनी व्यापार सञ्चालनलगायतका क्षेत्र समावेश छन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन