Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसियाली खेलकुद : जुडोतर्फ ८ खेलाडी छनोट

बुधबार, जेठ ३१, २०८०

काठमाडौँ– चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका छन् ।

नेपाल जुडो सङ्घले खुसिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्समा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडी छनोट भएका हुन् ।

नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार पुरुष र महिलातर्फ समान चार–चार खेलाडी छनोट भएका छन् ।

पुरुष ६० किलोमुनिको तौल समूहमा लुम्बिनी प्रदेशका विकास विक, ६६ किलोमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ किलोमुनि नेपाली सेनाका जङ्गबहादुर सारु र १०० किलोमाथिको तौल समूहतर्फ सेर्नाकै रन्जेश गोले छनोट भएका छन् ।

यस्तै, महिला ५२ किलोमाथिको तौल समूहतर्फ बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ किलोमुनि प्रहरीकी मनिता श्रेष्ठ प्रधान, ७० किलोमुनि पुनम श्रेष्ठ र ७८ किलोमाथिको तौल समूहतर्फ आकृति श्रेष्ठ छनोट भएका छन् । इन्द्र र देवकी सहोदर दाजु÷बहिनी हुन् । इन्द्र, देवकी र मनिता बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्