Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीद्वारा ग्यास उत्खनन क्षेत्रको निरीक्षण

बुधबार, जेठ ३१, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् ।

अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन् र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिएका थिए । 

निरीक्षणअघि प्रधानमन्त्री दाहालले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । दाहाल, लम्साल, रूपाखेती, कुँवर र राणा वंशका कुल शिरोमणि दाशुको सालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकाल देशका लागि परिणामुखी भएको स्मरण गर्दै तेस्रो कार्यकाल इतिहासकै सफल बनाउन लागिपरेको बताए । उनले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकार अगाडि बढिरहेको बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार