Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेसीसहर–चामे सडक अवरुद्ध 

बिहीबार, जेठ ३२, २०८०

लमजुङ–  बुधबार दिउँसोदेखि परेको वर्षाका कारण बेसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, मर्स्याङ्दी गाउँपालिकाको सिम्पानी आँगेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए।

 खरखरेमा सडक भासिनुको साथै सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ।

यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयबासीको भनाइ छ। यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि स्काभेटर प्रयोग भइरहेको इन्जिनियर अधिकारीको भनाइ छ ।

यस सडकमा बर्सेनि पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार