Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुरक्षापरिषद्को सल्लाहकारमा बैरागी नियुक्त, प्रधानमन्त्रीले शपथ गराए

बिहीबार, जेठ ३२, २०८०

काठमाडौँ– निवर्तमान मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय  सुरक्षापरिषद्को सल्लाहकार नियुक्त गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई सुरक्षापरिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।

सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैरागीलाई राष्ट्रिय सुरक्षापरिषद्को सल्लाहकारको शपथ ग्रहण गराएका छन् । 

यस्तै सरकारले आजै बैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको थियो ।

बैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म मात्र छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्