Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वमन्त्री आलेको आरोप– पर्यटनमन्त्री किरातीले पशुपतिनाथका ‘चोर’लाई संरक्षण गरे

बिहीबार, जेठ ३२, २०८०

काठमाडौँ–  नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिनाथ मन्दिरका ‘चोर’लाई संरक्षण गरेको आरोप लगाएका छन् ।

आज प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरमा भ्रष्टाचार भएकोप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

पूर्वपर्यटनमन्त्रीसमेत रहेका आलेले पशुपतिनाथ मन्दिरको घ्याम्पे दानपेटिका चोरी गर्ने कोषका पदाधिकारीलाई वर्तमान पर्यटनमन्त्री किरातीले संरक्षण गरेको आरोप लगाए । 

‘मूर्ति तथा बहुमूल्य सामग्री चोरिएको छ सभामुख महोदय, कोषको अध्यक्ष, मन्त्री, पदाधिकारी मस्त निद्रामा छन् । गोठाटारको ५३५ रोपनी जग्गामध्ये ५०४ रोपनी मात्र हालसाबिक गरेर ३१ रोपनी जग्गा बिचौलियाहरूको मिलेमतोमा अपचलन गरी त्यही अपचलनमा मुछिएकालाई कोषको सदस्यमा नियुक्ति दिइएको छ,’ उनले भने, ‘गोठाटारको सार्वजनिक जग्गा हडपेको विरोध गर्ने कोषका सदस्यहरू विश्वकरण जैन, पूर्णबहादुर जेठारालाई पदबाट हटाउनका लागि यही जेठ २५ गते स्पष्टीकरण सोधिएको छ ।’
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्