कोशी प्रदेशमा ३६ अर्ब २४ करोडको बजेट प्रस्तुत [पूर्णपाठ]
विराटनगर– कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१का लागि ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका हुन् । सो बजेट मुख्यमन्त्री कार्कीले आर्थिक मामिला मन्त्रालयको सभाहलमा वाचन गरेका हुन् ।
प्रस्तुत बजेटमध्ये चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, पूँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, वित्तीय व्यवस्थाका लागि १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख रुपैयाँ, समपूरक अनुदानबाट ७३ करोड, विशेष अनुदानबाट ७६ करोड गरी ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार रुपैयाँ जुटाइएको छ ।
बजेटमा कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रममा लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र समानुपातिक पद्धतिबाट निर्वाचित प्रदेशसभा सदस्यले १ करोड रुपैयाँको योजना छनोट गर्न पाउनेछन् ।
हेर्नुस् बजेटको पूर्णपाठ