मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित
काठमाडौँ– मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।
फिलिपिन्सको रिजल मेमोरियल स्टेडियममा भएको खेलको पहिलो हाफमा बराबरी खेलेको नेपाल दोस्रो हाफमा १–० गोल अन्तरले फिलिपिन्ससँग पराजित भएको हो ।
भारतमा हुने १४औं संस्करणको साफ च्याम्पियनशिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेलेको हो । नेपाल र फिलिपिन्सबीचको यो सातौं भेट हो ।
यसअघि नेपालले फिलिपिन्ससँग ६ पटक खेलेको थियो। जसमा नेपालले एक जित र एक बराबरी खेल्दा चार हार बेहोरेको थियो । भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ ।
यस संस्करणको च्याम्पियनशिपमा नेपालसहित आयोजक भारत, बाङ्लादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्। यस पटक कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्नेछन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० १९:१३
प्रतिक्रिया दिनुहोस्