इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा
काठमाडौं - जोसेलुले अन्तिम तीन मिनेटमा ‘भाग्यशाली’ गोल गरेपछि स्पेनले बिहीबार राति इटालीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक यूईएपए नेसन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ ।
स्पेनले अब उपाधिका लागि क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले पहिलो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।
नेदरल्याण्ड्सको डे ग्रोस भेस्टेमा भएको खेलको तेस्रो मिनेटमै यरेमी पेनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर ११औं मिनेटमै इटलीका सिरो इम्मोबाइलले पेनाल्टीमा गोल गर्खै खेल बराबरी गरे ।
२१औं मिनेटमा इटलीका डेभिड फ्राटेसीले गोल गरे पनि भिएआरले मान्यता दिएन । ८८औं मिनटमा जोसेलुले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए । उनी ८४औं मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए । स्पेन र क्रोएसियाबीचको फाइनल खेल आउने सोमबार हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० ०९:०३
प्रतिक्रिया दिनुहोस्