Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाले बोलायो केन्द्रीय समिति बैठक 

शुक्रबार, असार १, २०८०

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्ठनहरुले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुनेछ । असार ९ गते केन्द्रीय समिति सदस्यहरुलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ । जसपाले यही असार १०, ११ र १२ गते  काठमाडाँैमा विधान अधिवेशन गर्ने भएको छ । 

विभिन्न समिति र सङ्गठनबाट गरी सात सय ७८ जना प्रतिनिधि विधान अधिवेशनमा सहभागी हुँदैछन् । यीमध्ये चार सय २३ जना केन्द्रीय समिति सदस्य रहेका छन् । केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी चार सय २३ जना केन्द्रीय सदस्य स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने सो पार्टीको प्रावधान रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्