Nic Ad Nic Ad
Nic Ad Nic Ad

भक्तपुरमा गाँजा बेच्दै हिँडेका एकजना समातिए

शुक्रबार, असार १, २०८०

भक्तपुर– चार किलो पाँच सय २० ग्राम गाँजा बिक्रीका लागि बोकेर हिँडिरहेको अवस्थामा भक्तपुर प्रहरीले आज भक्तपुर नगरपालिका–४ मङ्गलाछेँबाट एक जनालाई समातेको छ । 
     
लागूऔषध गाँजासहित प्रहरीले काभे्रपलाञ्चोक रोशी गाउँपालिका–१० मङ्गलटार घरभई हाल भक्तपुर मङ्गलाछेँ बस्ने २३ वर्षीय अभि तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । 

पक्राउ परेका तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्