राहदानीको मूल्य ५ हजार घट्यो
काठमाडौँ– सरकारले नेपाली राहदानी बनाउन लाग्ने दस्तुर घटाएको छ । राहदानी विभागले राहदानीको मूल्य ५ हजार रुपैयाँ घटाएको हो ।
गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको परराष्ट्रमन्त्री एनपी साउदनिकट स्रोतले जनाएको छ ।
यससँगै अब १० हजार दस्तुर लाग्ने राहदानी ५ हजारमा पाइने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० २०:०४
प्रतिक्रिया दिनुहोस्