नेभिगेशन
सुरक्षा–अपराध

महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

काठमाडौँ– महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् । 

प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा गृह मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी पाललाई निलम्बिन गरेको पत्र शुक्रबार आइपुगेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए । 

पालविरुद्ध महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको आरोप छ । उक्त घटनापछि पाललाई प्रहरी प्रधान कार्यालय तानिएको थियो । पालमाथि अहिले अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ