नेभिगेशन
समाज विविध

स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पतालमा भर्ना

काठमाडौँ– स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ ।

मध्यरातमा अस्पताल पुर्याइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति अस्पताल  पुर्याइएको थियो ।

अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।

केही दिनअघि पनि मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका थिए ।  उनी अघिल्लो महिना मात्रै भारतको नयाँ दिल्लीमा  उपचार गरेर फर्केका थिए ।

सुरुमा उनलाई पेटको समस्या देखिएको बताइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा