राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे अस्पतालले के भन्यो ?
काठमाडौँ– उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।
सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकोले आज बिहान अस्पताल भर्ना गरिएको जनाएका छन् ।
स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल गएराति अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
केही दिनअघि पनि मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका थिए । उनी अघिल्लो महिना मात्रै भारतको नयाँ दिल्लीमा उपचार गरेर फर्केका थिए ।
सुरुमा उनलाई पेटको समस्या देखिएको बताइएको थियो ।