मानव मस्तिष्कमा चिप प्रत्यारोपण परीक्षण यसै वर्ष सुरु हुन्छ : एलन मस्क
काठमाडौँ– सन् २०२३ को अन्त्यदेखि मानव मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण सुरु हुने भएको छ ।
फ्रान्सको पेरिसमा भएको भिभाटेक कार्यक्रममा बोल्दै एलन मस्कले ‘ब्रेन–चिप स्टार्टअप कम्पनी न्यूरालिंक’ले ‘टेट्राप्लेजिक’ वा ‘प्याराप्लेजिक’को बिरामीमा चिप प्रत्यारोपणको परीक्षण गर्ने तयारी भइरहेको बताएका हुन् ।
यो परीक्षणको वेबकास्ट रोयटर्सले गर्ने पनि मस्कले बताए । गत महिनामात्र न्यूरालिंक कम्पनीले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट यस परीक्षणको लागि अनुमति पाएको जानकारी दिएको थियो ।
मानव मस्तिष्कमा चिप प्रत्यारोपण परीक्षण सन् २०१९ देखि नै सुरु गर्ने भनेर चारपटक मिति तय गरेपनि यसको सुरुवात हुनसकेको मस्कले बताए । त।, यो पटक तय भएको मिति भने फरक नपर्ने उनको अपेक्षा छ ।
यसअघि प्रत्यारोपणका क्रममा प्रयोग हुने डिभाइसको जोखिमलाई लिएर कम्पनीले अनुमति पाएको थिएन । एफडीएले न्युरालिंकलाई अनुमति दिएको स्वीकार गरेपनि जोखिमका विषयमा उठेका प्रश्नहरूको जवाफ भने कम्पनीले नदिएको रोयटर्सले उल्लेख गरेको छ ।