नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य
काठमाडौँ– नेपालले टेष्ट मान्यताप्राप्त देश जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ । पहिले व्याटिङ गरेको नेपाल २९० रनमा समेटिएको हो ।
घरेलु टिम जिम्बावेले हरारे स्पोट्र्स क्लबमा टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । नेपालको ओपनिङ साझेदारी उत्कृष्ट रहे पनि तल्लोक्रम धर्मराएपछि रन भने ३ सय कट्न सकेन ।
नेपालका ओपनर व्याटर कुलश भुर्तेल शतक बनाउन १ रनले चुके उनले ९५ बलमा ९९ रन बनाए । यस्तै, अर्का ओपनर आशिफ शेख पनि १०० बलमा ६६ रन बनाएर आउट भए ।
कुशल मल्लले ४२ बलमा ४१ रन बनाए । कप्तान रोहित पौडेलले २९ बलमा ३१ रन बनाएपनि त्यसपछिका ब्याटरले राम्रो खेल देखाउन सकेनन् ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० १६:२१
प्रतिक्रिया दिनुहोस्