Nic Ad Nic Ad
Nic Ad Nic Ad

फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल विजयी

सोमबार, असार ४, २०८०

काठमाडौँ - माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले घरेलु टोली माल्दिभ्सलाई पराजित गरेको छ ।

माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ७५-६८ अङ्कले हराएको हो । नेपालको यो तेस्रो जित हो ।

पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बङ्लादेशलाई हराएको थियो । लिग चरणको समाप्तिमा ४ खेलमा ७ अङ्कसहित नेपाल शीर्षस्थानमा छ । समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा छ भने ६ अङ्कका साथ बङ्गलादेश तेस्रो र ६ अङ्क नै रहेको भुटान चौथो स्थानमा रहेको छ ।

४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्