Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी :

‘घाँडो’ माओवादी हटाउने प्रचण्ड गृहकार्यले सार्थक रुप लिँदै

सोमबार, असार ४, २०८०

काठमाडौँ– नयाँ नेपालको परिकल्पना गरेर जनयुद्धमा होमिएका पुष्पकमल दाहाल प्रचण्ड अन्ततः ३२ वर्षपछि पुनः पुरानै नेपालमा फर्किसककेका छन् । गत पुसमा तेस्रोपटक प्रधानमन्त्री हुँदा उनले दौरा सुरुवाल मात्र लगाएनन् । उनले भारतको महाकालेश्वर मन्दिरदेखि नेपालको पशुपतिनाथसम्म दर्शन गर्न भ्याइसकका छन् । 

आफू पुरानै नेपालमा फर्किए पनि प्रचण्डलाई भने आफ्नो पार्टीको नाम नै घाँडो भएको छ । उनको पार्टीको नाम अझै पनि नेकपा (माओवादी केन्द्र) नै छ । संसदीय राजनीतिको प्रमुख सरदार भएपछि यही नाम ‘माओवादी’ प्रचण्डका लागि घाँडो झण्डै आधा दशक भइसक्यो । यो घाँडो पन्छाउन उनले २०६५ सालमा एमालेसँग एकीकरण गरेर यो घाँडो पन्छाउन खोजे । अन्ततः पन्छाएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । तर, सर्वोच्च अदालतको निर्णयले मात्र २ वर्षपछि अर्थात् ०७७ सालमै प्रचण्डलाई फेरि माओवादीकै कित्तामा ल्याइदियो । 

त्यही घाँडो बोकेर ३ वर्षदेखि हिँडिरहेका प्रचण्डलाई फेरि आज केही हलुवा महसुस हुने सम्भावना छ । माओवादी शब्द हटाउने उनको गृहकार्यको सुरुवातले आज अन्तिम रुप लिँदैछ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच एउटै मोर्चा बनेर अघि बढ्ने घोषणा हुँदैछ । जसको नाम समाजवादी मोर्चा, नेपाल राखिएको छ ।

प्रचण्डलाई किन घाँडो भयो माओवादी ?

कुनै बेला आफूलाई असली क्रान्तिकारी कम्युनिस्ट भएको दाबी गर्दै पार्टीको माओवादी नाम राखेका थिए प्रचण्डले । तर, शान्ति प्रक्रियामा आएपछिको १७ वर्षमा प्रचण्ड यतिधेरै रुपान्तरण भए कि उनलाई माओवादी भन्ने शब्द नै घाँडो हुने अवस्थासम्म आयो । 

अर्को कुरा, अहिले नेपालको मूल राजनीतिको केन्द्रमा भारत र अमेरिका छन् । भारतको संस्थापन पक्ष हिन्दुत्वको मुद्दा बोकेर अघि बढिरहेको छ । अर्कोतिर अमेरिका कम्युनिस्ट त्यसमा पनि माओवादी शब्द रुचाउँदैछ । यता, यस्तोमा प्रचण्डलाई भने भारतसामु थोरै परम्परावादी देखिनुपर्ने बाध्यता छ भने अमेरिकासामु लोकतान्त्रिक देखिनु छ । संसदीय राजनीतिमा चतुर खेलाडी मानिने प्रचण्ड यी दुवैलाई समायोजक गर्न माओवादी देखिरहन चाहँदैनन् । 

माओवादी नाम रहिरहँदा द्धन्द्धकालीन मुद्दाले झस्काइरहने र आफूविरुद्ध मुद्दा परिरहने प्रचण्डको बुझाइ देखिन्छ । माओवादी शब्द छोडेपछि यसमा कमी आउने र पश्चिमा देशको भ्रमण पनि सहज हुने प्रचण्डाको ठम्याइ रहेको उनीनिकटहरू बताउँछन् ।

यस्तै माओवादी नाम छोडेमा अरु पार्टी र विभिन्न विचारका मानिससँग सहकार्य र पार्टी एकता गर्नसमेत सहज हुने प्रचण्डको बुझाइ पाइन्छ । 
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्