रोक्का गरेको ब्रोकर लाइसेन्स प्रक्रिया अर्थ समितिले खोल्यो
काठमाडौंँ- संसद्को अर्थ समितिले नयाँ स्कट ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको थियो ।
मंगलबार धितो पत्र बोर्डका पदाधिकारीहरुसँग छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन भनेको छ ।
यससँगै अर्थ समितिले रोक्का गरेको ब्रोकर लाइसेन्स प्रक्रिया खुलेको हो ।
यसअघि समितिले ब्रोकर अनुमति प्रक्रियाबारे परेको उजुरीको आधारमा धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ११:११
प्रतिक्रिया दिनुहोस्