नेपाललाई तेस्रो सफलता, विकेट करणकै नाममा
काठमाडौँ– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अहिले अमेरिकासँग खेल्दैछ ।
नेपाल र अमेरिकाबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु भएको हो ।
यसैबीच, नेपालले तेस्रो सफलता पाएको छ । करण केसीले नै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले सुरुवातीमै २ सफलता दिलाएका थिए ।
७.५ ओभरमा १४ रन बनाउँदा अमेरिकाले तेस्रो विकेट गुमाएको हो ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १३:२७
प्रतिक्रिया दिनुहोस्