नेपाललाई सातौँ सफलता, गुल्शनले लिए विकेट
काठमाडौँ– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्धको जारी खेलमा नेपालले सातौँ सफलता हासिल गरेको छ ।
जिम्बावेको राजधानी हरारेमा जारी खेलमा गुल्शन झाले नेपाललाई सातौँ सफलता दिलाएका हुन् ।
यसअघि चार विकेट करण केसीले तथा एक–एक विकेट ललित राजबंशी र दीपेन्द्रसिंह ऐरीले लिएका हुन् ।
३६.४ ओभरमा १२८ रन बनाउँदा अमेरिकाले साताैँ विकेट गुमाएको हो ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १५:४२
प्रतिक्रिया दिनुहोस्