अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य
काठमाडौँ– आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत जारी खेलमा अमेरिकाले नेपाललाई २०८ रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो
नेपालका बलहरूले सुरुदेखि नै अमेरिकाका ब्याटरलाई दबाब दिँदै विकेट लिएका थिए ।
करण केसीले सर्वाधिक ४ विकेट लिए ।
यस्तै, गुल्शन झाले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजबंशीले १ विकेट लिए ।
सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १६:३२
प्रतिक्रिया दिनुहोस्