Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुवेतविरुद्ध यस्तो छ नेपालको सुरुवाती ११

बुधबार, असार ६, २०८०

काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा आज नेपालले कुवेतविरुद्ध पहिलो खेल खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे भारतको बेंग्लोरमा सुरु हुनेछ । 

यसैबीच, नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले किरण चेम्जोङको कप्तानीमा सुरुवाती ११ सार्वजनिक गरेका छन् ।

कोलकिपरमा किरण हुनेछन् । यस्तै, रक्षापंक्तिमा विमल पाण्डे, रोहित चन्द, अनन्त तामाङ र सनिश श्रेष्ठ छन् ।

यसैगरी, मिडफिल्डमा लाकेन लिम्बु, पुजन उपरकोटी र एरिक विष्ट हुनेछन् ।

आक्रमणको जिम्मा मनीष डाँगी, अञ्जन विष्ट र नवयुग श्रेष्ठले पाएका छन् ।

आजबाट जुलाई ४ सम्म हुने प्रतियोगितामा नेपालले समूह ‘ए’मा आयोजक भारत, आमन्त्रित टोली कुवेत र पाकिस्तानको सामना गर्नेछ । 

यस्तै, समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

यस्तो छ सुरुवाती ११ :

May be an image of 8 people, people playing soccer, map and text that says 'ANFA STARTING LINE UP 18 NAWAYUG 21 MANISH 14 ANJAN 7LAKEN 15 PUJAN 8 ARIK 3 BIMAL 23 ROHIT 20 SANISH 4ANANTA KIRAN (C) SUBSTITUTES 1 DEEP (GK), 22 BISHAL (GK), 19 DEVENDRA, 6 NISHAN, 2 SIMANTA, 11 NABIN, MANI, 17 AWAS, 13 AYUSH, 12 DIPAK, ASHISH, 10 BIMAL'

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्