कुवेतविरुद्ध नेपाल मध्यान्तरअघि दुई गोलले पछाडि
काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा अहिले नेपालले कुवेतविरुद्ध खेलिरहेको छ ।
भारतको बेंग्लोरमा जारी खेलमा नेपाल मध्यान्तरअघि दुई गोलले पछि परेको छ ।
कुवेतका कप्तान खालिद हाजिहले २३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यसपछि ४२ औँ मिनेटमा कुवेतले फेरि अर्को गोल थप्यो । शाबाइब अल्खाल्डीले गोल गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १६:३८
प्रतिक्रिया दिनुहोस्