Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुवेतविरुद्ध नेपाल तीन गोलले पछि

बुधबार, असार ६, २०८०

काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा अहिले नेपालले कुवेतविरुद्ध खेलिरहेको छ ।

भारतको बेंग्लोरमा जारी खेलमा नेपाल तीन गोलले पछि परेको हो ।

खेलको ६५ औँ मिनेटमा मोहम्मद अब्दुल्लाले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाएका हुन् ।

यसअघि कुवेतका कप्तान खालिद हाजिहले २३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसपछि ४२ औँ मिनेटमा कुवेतले फेरि अर्को गोल थप्यो । शाबाइब अल्खाल्डीले गोल गरे ।

मध्यान्तरअघि कुवेत २–० ले अघि थियो ।
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्