साफ च्याम्पियनसिप : कुवेतसँग नेपाल पराजित
काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।
भारतको बेंग्लोरमा भर्खरै सम्पन्न खेलमा नेपाल आमन्त्रित टोली कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
कुवेतका कप्तान खालिद हाजिहले २३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यसपछि ४२ औँ मिनेटमा कुवेतले फेरि अर्को गोल थप्यो । शाबाइब अल्खाल्डीले गोल गरे ।
मध्यान्तरअघि कुवेत २–० ले अघि थियो ।
खेलको ६५ औँ मिनेटमा मोहम्मद अब्दुल्लाले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए ।
तर अन्जन विष्टले ६७ औँ मिनेटमा गोल फर्काउँदै अग्रता घटाएका थिए ।
जितसँगै कुवेतले समूह ‘ए’मा तीन अंक जोडेको छ । नेपाल भने अंकविहीन छ ।
यसै समूहको अर्को खेलमा आयोजक भारत र पाकिस्तान भिड्दैछन् ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १७:४६
प्रतिक्रिया दिनुहोस्