बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगे मोदी
काठमाडौं - अमेरिकाकाे राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगेका छन्।
चारदिने भ्रमणका क्रममा अमेरिकामा रहेका भारतीय प्रधानमन्त्री मोदी आज जो बाइडेनसँग भेटघाटका लागि ह्वाइट हाउस पुगेका हुन्।
भारतीय विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति बाइडेन, प्रथम महिला जिल बाइडेन र परिवारसँग भेटघाटका लागि ह्वाइट हाउस पुगेको जनाएको छ। आज मोदी र अमेरिकी राष्ट्रपति जोए बाइडेनबीच भेट भई द्विपक्षीय वार्ता कार्यक्रम तय भएको छ।
वार्तामा शिखर सम्मेलनको मुख्य उद्देश्य रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा भविष्यका लागि स्पष्ट रोडम्याप तयार गर्ने विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ०८:५५
प्रतिक्रिया दिनुहोस्