रास्वपाको संयुक्त बैठक सकियो, अब पत्रकार सम्मेलन
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ ।
पार्टीको स्थापना दिवसको सन्र्दभमा आज केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए ।
संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँगको छलफलको कार्यक्रमसमेत रहेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ११:४१
प्रतिक्रिया दिनुहोस्