नेपालले पहिलो विकेट गुमायो
काठमाडौँ– आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजविरुद्धको जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
ओपनर कुशल भुर्तेल ६ बलमा ५ रन बनाउँदै आउट भएका हुन् ।
नेपालले १.४ ओभरमा ५ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको हो ।
नेपालले ३४० रनको विशाल लक्ष्य पछ्याइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १७:१०
प्रतिक्रिया दिनुहोस्