Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

बिहीबार, असार ७, २०८०

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगीतामा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको छ ।

जिम्बावेले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयो । 

नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान रोहित पौडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ३ विकेट लिए । 

यसअघि हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायो । वेस्ट इन्डिजका शाई होप र निकोलस पुरनले शतक बनाए । होप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपालले अब नेदरल्याण्ड्सविरुद्ध खेल्ने छ ।

match_summary1687447226.jpg

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्