Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्युनिसियामा रेल दुर्घटना : २ जनाको मृत्यु, ३४ घाइते

शुक्रबार, असार ८, २०८०

ट्युनिस– पूर्वी–मध्य ट्युनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३४ जना घाइते भएका छन् ।

    ट्युनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाएअनुसार मध्यरातको केही समयपछि सोसे प्रान्तको मसाकेन शहर नजिकै सो रेल पटरीबाट खसेपछि दुर्घटना भएको हो । पीडित चालक र यात्रु रहेको एसएनसिएफटीले जनाएको छ ।

    उक्त ट्रेन ट्युनिसियाको राजधानी ट्यनिसदेखि दक्षिणपूर्वी प्रान्त गाबेससम्मका लागि यात्रारत थियो ।

    दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको एसएनसिएफटीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार