वरिष्ठ नायब निरीक्षक सिंहसहित २९ प्रहरीको सरुवा (सूचीसहित)
काठमाडौँ - मधेस प्रदेशमा लामो समयदेखि कार्यरत प्रहरीहरू पहाडी जिल्ला पठाइएको छ । मधेस प्रदेशका आठ जिल्लामा कार्यरत २९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले विभिन्न पहाडी जिल्लामा खटाएको हो ।
लामो समयदेखि पर्सामा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक विनोदकुमार सिंहलाई कालिकोट र बारामा कार्यरत सागरशमशेर जबरालाई रामेछाप खटाइएको छ ।
त्यस्तै, धनुषामा कार्यरत सई नागेन्द्र राउत अहिरलाई सङ्खुवासभा, सर्लाहीका रामरेख राय यादवलाई दोलखा, सप्तरीका सुरेशकुमार यादवलाई भोजपुरमा खटाइएको छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० ०६:११
प्रतिक्रिया दिनुहोस्