Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

शनिबार, असार ९, २०८०

काठमाडौँ– आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज नेपालले र नेदरल्यान्ड्सको सामना गर्दैछ ।

नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बाट सुरु हुँदैछ ।

सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउनबाहेक कुनै विकल्प छैन । विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ ।

यदि आज नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनको फराकिलो हार ब्येहोर्न पुगेको थियो ।

नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।

दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो ।

हालसम्म नेपाल र नेदरल्यान्ड्सबीचमा २ ओडिआई खेल भएका छन् । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको छ ।

यसैबीच, नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । यसर्थ, नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । 

नेपालले आज टोलीमा पनि कुनै परिवर्तन गरेको छैन । 
 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्