Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिन्छ : कांग्रेस महामन्त्री थापा

शनिबार, असार ९, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारले चित्त बुझ्नेगरी काम नगरे वर्तमान गठबन्धन फेरिने बताएका छन् । आज काठमाडौँ– ४ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको उनले बताए ।

‘गठबन्धन ठीक ढंगले नचले र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो होइन,’ उनले भने, ‘कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत थियो ।’

महामन्त्री थापाले सरकार छोड्नपरे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने धारणा राखे ।

महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे ।

उनले समाजवादी मोर्चामा अझै नेकपा (एमाले) पनि थपिएर कम्युनिस्टहरु एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने दाबी गरे ।

‘अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन ग¥यौँ । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ,’ उनले भने, ‘के हुन्थ्यो कम्युनिष्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस, नजिते चकेटीमा बस्छ, के बिग्रिन्छ ।’


 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्