नेदरल्यान्ड्सविरुद्ध नेपालले सातौँ विकेट गुमायो
काठमाडौँ– आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको जारी खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।
दीपेन्द्रसिंह ऐरी २१ बलमा १४ रन बनाउँदै आउट भएका छन् ।
यो बेला नेपालले ३३.५ ओभरमा १२३ रन बनाएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १५:१८
प्रतिक्रिया दिनुहोस्