नेभिगेशन
खेलकुद
आईसीसी विश्वकप छनोट

नेदरल्यान्ड्ससँग नमिठो हारसँगै रोकियो नेपालको विश्वकप यात्रा

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाली टोलीले नेदरल्यान्ड्ससँग नमिठो हार बेहोरेको छ ।

जिम्बाबेको टाकासिंगा स्टेडियममामा शनिबार खेलिएको समूहगत चरणको अन्तिम चरण्को खेलमा नेदरल्यान्ड्सले नेपाललाई सात विकेटले हराएको हो । 

टस हारेर पहिmे ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । 

नेदरल्याण्ड्सलाई लक्ष्यसम्म पुर्‍याउन ओपनर म्याक्स ओडउडले सर्वाधिक ९० रन बनाउँदा विक्रमजित सिंहले ३० तथा विस्ले बरेसीले ३ रन बनाए । त्यस्तै बस डी लीडे ४१ रनमा र तेजा निदमनुरु २ रनमा अविजित रहे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ विकेट लिँदा गुलसन झाले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४।३ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो ।

ओपनर आशिफ शेख २.२ ओभरमा डक आउटहुँदा पहिलो धक्का ब्यहोरेको नेपालले आफूलाई सम्हालिने अवसर नै सिर्जना गर्न सकेन । दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल १४.२ ओभरमा २७ रन बनाए । तेस्रो विकेट आरिफ शेखको गुम्यो । 

चौथो विकेटमा भीम सार्कीले १८.१ ओभरमा २२ रन बनाए । उनी आउट हुँदा नेपालको स्कोरबोर्डमा ४ विकेट गुमाएर ५५ रन थियो ।

पाँचौँ विकेट २५.२ ओभरमा कुशल मल्लले १२ रन बनाए । उनी ३१.१ ओभरमा ३३ रन बनाएर आउट हुँदा नेपालको स्कोर बोर्डमा ६ विकेट गुमेर मात्र ११६ रन थियो ।

दीपेन्द्रसिंह ऐरी १४ रन बनाएर ३३.५ ओभरमा भान बिकको बलमा एडवार्ड्सबाट क्याचआउट हुन पुगे । त्यसपछि आएका सन्दीप लामिछानेले गुलसन झासँग मिलेर ३२ रनको साझेदारी गरे । तर, झा ४१.२ ओभरमा १५ रन बनाएर आउट भए ।  करण केसीले पनि ३ बलमा १ रन बनाउँदै ४१.६ ओभरमा क्याचआउट भए । ४४.३ ओभरमा क्याच आउट भएका लामिछानेले २७ रन बनाए।

बलिङतर्फ नेदरल्याण्ड्सका लोगान भान बिकले सर्वाधिक ४ विकेट लिँदा बस डी लीडे र विक्रम जितसिंहले समान २ विकेट लिए । त्यस्तै क्लेटन फ्लोयड र आर्यन दत्तले समान १ विकेट लिए ।

ब्याटिङमा कप्तान पौडेलले सर्वाधिक ३३ रन बनाउँदा कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन बनाए । त्यस्तै भीम सार्कीले २२ रन बनाउँदा गुलसन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए । कुनै पनि नेपाली ब्याट्सम्यानले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्न सकेनन् भने सबैभन्दा ठूलो साझेदारी नै कुशल भुर्तेल र भीम सार्कीबीच ३९ रनको बनेको थियो ।

यो खेलसँगै भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्ने नेपालको बाटो टुंगिएको छ । जिम्बावेमा जारी विश्वकप छनोटमा नेपालले समूहको आफ्नो चार खेलमध्ये तीनवटामा हार ब्यहोरेसँगै नेपालको विश्वकप पुग्ने बाटो टुंगिएको हो ।

समूह ‘ए’ बाट नेपाल र अमेरिका बाहिरिँदा जिम्बावे, वेस्टइण्डिज र नेदरल्याण्ड्स सुपर सिक्समा पुगेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद