Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजदेखि जसपाको विधान अधिवेशन, कस्ता छन् नयाँ प्रस्ताव ?

आइतबार, असार १०, २०८०

काठमाडौँ– आज (आइतबार) देखि जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन काठमाडौंमा सुरू हुँदैछ। तीन दिनसम्म चल्ने विधान अधिवेशनको उद्घाटन आज दिउँसो १ बजे हुनेछ। बन्दुसत्र भने सोमबारबाट सुरु हुनेछ ।

अधिवेशनमा केन्द्रीय समितिका ४१०, प्रतिनिधि र पर्यवेक्षक गरी करिब ९०० जनाको सहभागिता रहने जसपाले जानकारी दिएको छ ।

जसपाले पहिलोपटक विधान अधिवेशन गर्न लागेको हो। शनिबार पार्टीको केन्द्रीय कार्य समितिको बैठक बसेको थियो। बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको थियो।

अधिवेशनको बन्द सत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित विधान प्रस्तुत गर्नेछन्। समूह बनाएर विधान मस्यौदामाथि छलफल गर्ने र पारित गरिएसँगै अधिवेशन सकिनेछ।

के छ प्रस्तावित विधानमा ?

जनता समाजवादी पार्टीले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मान्यतालाई छाडेको छैन। 

‘राज्यको शासकीय स्वरूपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक प्रतिनिधित्व भएको संसदको मान्यता स्थापित गर्ने,’ प्रस्थावित विधानमा भनिएको छ । प्रस्तावित विधानमा संघीय परिषद् रहने व्यवस्था गरिएको छ।

जसमा केन्द्रीय समिति र केन्द्रीय निकायका सदस्यहरू, प्रदेश, प्रादेशिक निकाय र राष्ट्रिय समितिका पदाधिकारीहरू, जिल्ला समितिका अध्यक्षहरू तथा पार्टीको मान्यता प्राप्त जनवर्गीय सङ्गठनका अध्यक्षहरू यसका पदेन सदस्य हुनेछन्।

त्यस्तै यो दुई महाधिवेशनबीचको सर्वोच्च अङ्ग हुने बताएको छ। महाधिवेशनप्रति उत्तरदायी रहने पनि व्यवस्था परिएको छ। विधानको धारा २८ मा यसको काम, कर्तव्य र अधिकार तोकिएकोछ ।

केन्द्रीय समितिले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, केन्द्रीय समितिको कार्यको मूल्याङ्कन गरी केन्द्रीय समितिलाई आवश्यक सुझाव र निर्देशन दिने, समसामयिक विषयहरूमा पार्टीको नीति तय गर्ने तथा राजनीतिक प्रतिवेदन एवं प्रस्ताव पारित गर्ने, पार्टीको कामको आवधिक समीक्षा र पार्टी सञ्चालनका लागि नीति निर्माण गर्ने आदि काम, कर्तव्य तोकिएको छ।

विधानको धारा २९ मा केन्द्रीय समितिको प्रबन्ध गरिएको छ। प्रस्तावित विधानले सामूहिक नेतृत्व प्रणाली अंगीकार गरेको देखिन्छ।

१३ सदस्य पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति राष्ट्रिय महाधिवेशनले १३ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्तावित गरिएको छ।

जसमा १ जना अध्यक्ष, १ जना सहअध्यक्ष ३ जना उपाध्यक्ष, महासचिव १ जना महासचिव उपमहासचिव ३ जना, सचिव ३ जना र कोषाध्यक्ष १ जना निर्वाचित गर्ने व्यवस्था छ।

पदाधिकारी तथा सदस्यहरूको निर्वाचन गर्दा तीन जना निर्वाचित हुने पदहरूमा एक जना महिलासहित सामाजिक समूहहरूको समावेशी हुनुपर्ने प्रबन्ध गरिएको छ।

सङ्घीय परिषद अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उप(महासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित १५ जना सदस्य समेत रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन गरिने प्रबन्ध गरिएको छ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्