Nic Ad Nic Ad
Nic Ad Nic Ad

बसाइँ सरेर आउनेलाई पालिकाले घर उपहार दिने

आइतबार, असार १०, २०८०

काठमाडौँ– एक स्थानीय तहले आफ्नो क्षेत्रभित्र बसाई सराई गरेर आउनेलाई घर उपहार दिने भएको छ । पालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा यस्तो व्यवस्था गरेको हो ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाले घर उपहार दिने नीति अघि सारेको हो । दुर्गम भेगबाट बसाइँ सराइँ गरी अन्यत्र जाने प्रवृत्तिलाई निरूत्साहित गर्न अन्यत्रबाट सो गाउँपालिका आउनेलाई घर उपहार दिने कार्यक्रम ल्याएको हो।

‘गाउँपालिकाका दुर्गम भेगहरूबाट बसाइँ सराइँ भई सुगम पालिकाहरूमा जाने प्रवृत्तिलाई निरूत्साहित गरी अन्यत्र गाउँपालिकाभित्रबाट बसाइँ सरी आउने आकर्षित गर्न सुन्दर समाज, हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार कार्यक्रम सञ्चालन गरिनेछ,’ नीति कार्यक्रममा भनिएको छ।

कस्तो र कत्रो घर दिने भन्ने अहिले कुनै जानकारी दिइएको छैन । घरको स्वरूप र बनोटबारे कार्यविधि बन्न बाँकी रहेको पनि बताइएको छ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्