Nic Ad Nic Ad
Nic Ad Nic Ad

मदानेको शिक्षा र स्वास्थ्य र सडक प्राथामिकता : ५० करोड २६ हजार वजेट सार्वजनिक 

आइतबार, असार १०, २०८०

मनोज कार्की, गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष सरिता खड्का केसीले ५० करोड २६ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेकी हुन् । 

यसवर्ष गाउँपालिकाले कृषि, पर्यटन , स्वास्थ्य, शिक्षा, र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खड्काले जानकारी दिइन् । 

गाउँ सभाको १३औं अधिबेशनमा गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवँरको अध्यक्षतामा आम्दानीतर्फ संघीय समानिकरणमा ९ करोड ३४ लाख, संघ राजस्व बाँडफाँडमा ८ करोड ४८ लाख ४७ हजार ९ सय प्रदेश समानिकरणमा ६२ लाख ९४ हजार, प्रदेश राजस्व बाँडफाँडमा ४१ लाख ९३ हजार ९ सय ११ रुपैयाँ आन्तरिक आम्दानीमा ४  करोड ९४ लाख ४० हजार १ सय ८९ रुपैयाँ  हजार अनुमान गरिएको छ । 

आर्थिक वर्ष २०८०÷०८१ बो लागि शिक्षातर्फ भवन निर्माण सहित ३ करोड  २० लाख ,  स्वास्थ्य क्षेत्रतर्फ एम्बुलेन्स खरिद सहित  १ करोड ३१ लाख रुपैयाँ, कृषितर्फ १ करोड ६  लाख रुपैयाँ, पशुतर्फ २३ लाख ७५ हजार  रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसपटक सार्वाजानिक गरिएको बजेटमा सबै भन्दा बढि भौतिक पुर्वाधार र कम वातावरण संरक्षणमा विनियोजन गरिएको छ। 

आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण गर्दै एक वडा दुई उत्पादन ,एक वडा एक उद्यम,  उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान,  सामुहिक कृषि फार्मलाई प्रोत्साहित गर्ने , प्रत्येक वडामा महिलालाई पाठेघर सम्बन्धि शिविर संचालन, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा उल्लेख गरिएको छ । 

त्यस्तै,  निःशुल्क छोरी बुहारी उच्च शिक्षा कार्यक्रम ,  पालिका भित्रका जेष्ठ नागरिकलाई घरमै पुगेर निशुल्क स्वास्थ्य परिक्षण ,एक फर्म ५ श्रमिक रोजगार सिर्जना गर्नेलाई सम्मान , प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र स्थापना , सासू बुहारी सम्मान कार्यक्रम  एक घर एक धारा कार्यक्रमलाई निरन्तरता  , सबै सडकको स्तरउन्नति , बिदेश होइन बिजेनेस कार्यक्रमको शुभारम्भको निति ल्याएको छ ।

पर्यटकीय क्षेत्र बिस्तारको लागि एक वडा एक पार्क स्थापना, पुष्प खेतीलाई प्रोत्साहित , उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता ,श्रम सम्बन्धलाई प्राथमिकता दिदै सार्वाजानिक पूर्वाधार निर्माण, कृषि व्यवसायिक उद्योग, वित्तिय क्षेत्रबाट रोजगारी सिर्जनामा जोड, वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको सिप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्नका विषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

‘समुन्नत मदाने, सम्मानित मदानेबासी’को नारा बोकेको मदाने गाउँपालिकाले  उपलब्ध स्रोत, साधन, पुँजी, सिप एवं प्रविधिको प्रयोग गरेर विकास निर्माणको काममा जोड लक्ष्य लिएको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्