रुसी आक्रमणमा परी सिरियामा १३ जनाको मृत्यु
दमास्कस - विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा आइतबार भएको रुसी हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
इदलिब क्षेत्रको जिस्र–अल–सुगुरमा रहेको फलफूल तथा तरकारी बजारमा दुई बालबालिकासहित कम्तीमा नौजना सर्वसाधारणको मृत्यु भएको छ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स समूहका प्रमुख रामी अब्देल रहमानले यसलाई यो वर्ष सिरियामा भएको सबैभन्दा घातक आक्रमण र नरसंहार भएको बताएका छन्।
राष्ट्रपति बसर अल असदको शासनलाई समर्थन गर्ने रुसी सेनाले गत हप्ता विद्रोहीले गरेको ड्रोन आक्रमणमा दुई बालबालिकासहित चार सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ।
पेसाले मजदुर रहेका ३५ वर्षीय साद फातोले एएफपीसँग कुरा गर्दै घाइतेको उद्धारका लागि आफूले सहयोग गरेको बताए।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० ०९:२९
प्रतिक्रिया दिनुहोस्