Nic Ad Nic Ad
Nic Ad Nic Ad

मणिपुरमा स्थानीयको अवरोधपछि १२ लडाकू मुक्त

सोमबार, असार ११, २०८०

नयाँ दिल्ली– भारतकाे उत्तरपूर्वी राज्य मणिपुरमा एक हजार २०० भन्दा बढी महिलाको नेतृत्वमा रहेको भीडको अवरोधपछि सुरक्षा नियन्त्रण नजिक पुगेका एक दर्जन लडाकूलाई आइतबार रिहा गरेको भारतीय सेनाले जनाएको छ ।

भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शनिबार इम्फाल पूर्वको इथम गाउँमा लडाकूहरू फसेका थिए । तर, महिला नेतृत्वको भीडले घेरिएपछि सेनाले हार मान्नुप¥यो, जसले सरकारी सेनालाई कारबाही अघि बढाउनबाट रोकेको थियो ।’

‘करिब एक दिनसम्म चलेको गतिरोध नागरिक हताहत हुनबाट जोगिन लडाकुलाई रिहा गर्ने निर्णयपछि अन्त्य भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

गैर–आदिवासी मेइटिस समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा आदिवासी प्रदर्शनको क्रममा राज्यमा ठूलो मात्रामा हिंसा भड्किएपछि उत्तरपूर्वी राज्यले मे ३ देखि द्वन्द्वको सामना गर्नुपरेको छ ।

जातीय द्वन्द्वमा १०० भन्दा बढीको मृत्यु भएको थियो ४० भन्दा बढी मानिस विस्थापित भएका थिए । राज्यमा हिंसाका क्रममा करिब ३०० जना घाइते भएका छन् भने करिब एक हजार ७०० घर जलेका छन् ।
   
अधिकारीहरूले राज्यमा भीड जम्मा हुन नदिन कर्फ्यु आदेश जारी गरी इन्टरनेट सेवाहरूमा पूर्ण प्रतिबन्ध लगाउनु परेको थियो ।
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्